खरसाङको गिद्ध पहाडस्थित नेताजी म्युजियममा घुम्न आउने पर्यटकहरूको घुइँचो

खरसाङ (निसं): पहाडको विभिन्न पर्यटकीय स्थलहरूमध्ये खरसाङको गिद्ध पहाड़स्थित ऐतिहासिक नेताजी म्युजियम पनि एक प्रमुख हो। खरसाङ बजारदेखि लगभग 3 किलोमीटर टाड़ामा रहेको नेताजी म्युजियम नेताजी इन्स्टीट्युट फर एशियन स्टडिस कै एउटा शाखा हो। यो म्युजियम धेरै अघिदेखि नै सञ्चालित भए तापनि हाल यहाँ घुम्न आउने पर्यटकहरूको संख्यामा निक्कै वृद्धि भएको देखिन्छ। गत 2016 देखि गिध्दे भ्यू पोइन्टको सुन्दरीकरण गरेपछि यहाँको म्युजियममा पनि पर्यटकहरूको संख्यामा निक्कै वृद्धि भएको बताइएको छ। अहिले यस म्युजियम हेर्न आउने पर्यटकहरूको संख्या दैनिक तीन – चार सय रहेको छ भने कोही-कोही बेला 800 जनासम्म आउने गरेको जानकारी प्राप्त भएको छ। नेताजी सुवासचन्द्र बोससित सम्बन्धित यो म्युजियमको आफ्नै ऐतिहासिक महत्व रहेको छ। प्राप्त जानकारी अनुसार अहिलेको यो म्युजियम नेताजीको दाजु शरदचन्द्र बोसले 1922 सालमा किनेका थिए जुन घर सन् 1901 देखि 1906 भित्रमा बनिएको हुनसक्ने अनुमान लगाइएको छ। यस घर नेताजीको परिवारहरू 1922 देखि 1939 सम्म आउने गरेको र बस्ने गरेको बताइएको छ। यसै घरमा नै नेताजी सुवासचन्द्र बोसलाई अङ्ग्रेज सरकारले सन् 1936 मा सात महिनाको लागि गृह बन्दी बनाएर राखेका थिए। उक्त घरमा 1986 पछि नेताजीका परिवारहरू आउन छोड़ेपछि 1995 देखि सरकारले लिने प्रक्रिया थालेर 1997 देखि 2000 सम्ममा सुन्दरीकरणको काम गरी 2000 सालमा पश्चिम बंगालको तत्कालीन उच्च शिक्षा मन्त्री सत्य साधन चक्रवर्तीको बाहुलीबाट उदघाटन गरेर नेताजी म्युजियमको रूपमा सञ्चालन गरिएको नेताजी म्युजियम गिद्ध पहाड़को अफिसर ईञ्चार्ज गणेश प्रधानले बताएका छन्।


तिनले बताए अनुसार यसै घरबाट नेताजीले आफ्नी पत्नीलाई 22 वटा पत्र पठाएको र 11 वटाको उत्तर आएको बताएका छन्। यो म्युजियम अहिले पर्यटकहरूको लागि साथै नेताजी सुवासचन्द्र बोसमाथि अध्ययन र जानकारी लिन चाहाने शोधार्थीहरू, विद्यार्थीहरूका लागि मुख्य केन्द्र बनेको तिनले बताए। उनले यो पहाड़ी भाषा, साहित्य, संस्कृति, समाज अध्ययन केन्द्र रहेको पनि बताए। उनले बताए अनुसार 2001 सालमा म्युजियम बाहिरपट्टि नेताजीको मूर्ति स्थापना गरिएको जसलाई तत्कालीन मुख्यमन्त्री बुध्ददेव भट्टचार्यले अनावरण गरेका थिए। यसको साथै 2004 मा ईण्डियन म्युजियम कोलकोताले यस म्युजियमको सुन्दरीकरण गरेको र हाल यो म्युजियम पश्चिम बंगाल सरकारको उच्च शिक्षा विभाग अन्तर्गत रहेको छ। अहिले यहाँ पर्यटकहरू निक्कै आउने गरेको तर पर्यटकहरूका लागि शौचालय बनिनु पर्ने तथा पर्यटकहरु लागि यहाँको भ्यू पोइन्टमा क्याँफे बनिएको खण्डमा राम्रो हुने बताएका छन्।
अर्कोतिर,यहाँ घुम्न आउने पर्यटकहरूले नेताजी म्युजियम निरीक्षण गरेपछि खुशी व्यक्त गरेका छन्। पर्यटकहरू यहाँ आएपछि नेताजी विषयमा जानकारीहरू हेरेर खुशी हुने गरेका छन्। यसै क्रममा गुजरातबाट आएका पर्यटकहरू र असमबाट आएका विद्यार्थीहरूले पत्रकारहरूसित कुराकानी गर्दै खुशी व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL