खरसाङको गिद्ध पहाडस्थित नेताजी म्युजियममा नेताजीको जन्म जयन्ती पालन

खरसाङ (निसं): खरसाङको गिद्ध पहाडस्थित नेताजी म्युजियममा 127औँ नेताजी जन्म जयन्ती पालन गरियो। सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमा र नेताजी म्युजियम गिद्ध पहाडको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेताजी म्युजियमका चेयरम्यान एवम् खरसाङ महकुमा शासक आईएएस अगध सिंघलको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरियो। यसपछि गिद्ध पहाडस्थित नेताजी म्युजियम परिसरमा रहेको नेताजीको सालिगमा धुप प्रज्ज्वलन, पुष्प अर्पण तथा खदार्पण गरेर नेताजी सुभास चन्द्र बोसलाई श्रद्धाञ्जलि अर्पण गरियो। त्यसपछि नेताजी म्युजियममा एउटा कार्यक्रम आयोजना गरियो जसको अध्यक्षता महकुमा शासक आईएएस अगध सिंघलले गरेका थिए।


सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमाका अधिकारी अनिर्बन दामको स्वागत सम्भाषणसितै शुरू गरिएको कार्यक्रममा महकुमा शासक आईएएस अगध सिंघल र वरिष्ठ नागरिक बिनोद प्रकाश शर्माले नेताजी सुवासचन्द्र बोस विषयमा वक्तव्य राखे। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग खरसाङ पश्चिम बंगाल सरकारका लोक प्रसार प्रकल्पका कलाकारहरूले देशभक्ति गीतहरू प्रस्तुत गरेका थिए। दिपक कर्मकारले सञ्चालन गरेको कार्यक्रममा नेताजी न्युजियमको इन्चार्च गणेश प्रधानले धन्यवाद ज्ञापन राखे। 127औँ नेताजी जयन्ती कार्यक्रममा विशिष्ट अतिथिको रूपमा भूमि अनि भूमि सुधार विभाग खरसाङका डेपुटी डाइरेक्टर नामआल जेरकप रोंगोंग लेप्चा लगायत भूतपूर्व सैनिकहरू, वरिष्ठ नागरिकहरू, गोर्खा जनपुस्तकालय, स्काउट एण्ड गाइडका प्रतिनिधि, सूचना अनि सांस्कृतिक विभागका प्रतिनिधिहरू एवम् स्थानीय मानिसहरू उपस्थित थिए। यसको साथै नेताजी जयन्तीको दिन नै म्युजियम घुम्न आउने पर्यटकहरू पनि कार्यक्रममा सामेल भएर नेताजीलाई श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO