खरसाङ: खरसाङको इभान दि ओपन माइकले खरसाङको खहरेस्थित सहयोगी हात वृद्धाश्रम गएर सहयोगका हात बढाएको छ। यस सामाजिक संस्थाले वृद्धाश्रममा रासन सामग्री लगायत वार्ड नम्बर 4 निवासी कुञ्जनी प्रधानले नगरपालिकालाई प्रदान गरेको स्ट्रेचर वार्ड नम्बर 7 का नगरपार्षद श्याम शेर्पाको अनुरोधमा सहयोगी हात वृद्धआश्रमलाई सहयोग स्वरूप प्रदान गरेको छ। यस संस्थाले त्यहाँ भएका वृद्ध वृद्धाहरूसित भलाकुसारी गर्दै मनोरञ्जन तथा आश्रमको सर सफाई पनि गरे। इभान दि ओपन माइकको दुई वर्षको स्थापना दिवसलाई ध्यानमा राखेर केक काट्नको साथै वृद्ध वृद्धहरूबाट आशिर्वाद पनि लिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा आश्रमकी संस्थापिकाले आफ्नो गुनासोहरू पनि सदस्यहरू समक्ष पोखेका छन्। वृद्धाश्रमलाई सहयोग गर्नमा मदत गरिदिनु भएकोमा खरसाङे दादा जो अहिले लन्डनमा छन् तिनलाई हामी धन्यवाद चढाउँदछौं भनी बताइन्। संस्थाका संस्थापक अध्यक्ष प्रशान्त शर्माले भविष्यमा आवश्यकता परेको खण्डमा आश्रमको निम्ति काम गर्ने वाचा गरेका छन्।
