खरसाङको लङ्भ्युमा बाल विवाह-बारे सचेतना कार्यक्रम सम्पन्न

खरसाङ  : बाल विवाह जस्तो विकृति र विसङ्गति यताका समाजमा पनि भित्रिन थालेपछि यो ठुलो चुनौतीपूर्ण समस्याको रूपमा देखा परेको छ। भर्खरै दार्जिलिङ चाइल्ड लाइन खरसाङ उप केन्द्रको सक्रियतामा पुलिस विभाग र खण्ड विकास कार्यालयको सहयोगमा खरसाङ महकुमा क्षेत्रमा दुईवटा बाल विवाह घटनास्थलमै पुगेर रोक्न सफल भएको छ। यो दुईवटा बाल विवाहको घटनाले यताका समाजलाई झकझक्याएको छ। बाल विवाह परिवार र समाजको लागि घातक साथै ठुलो समस्या भएको छ। यसै विषयलाई लिएर खरसाङको लङ्भ्यूमा आईसीडीएसको आयोजनामा गैर सरकारी संस्था कञ्चनजङ्घा उद्धार केन्द्रद्वारा सञ्चालित दार्जिलिङ चाइल्ड लाइन खरसाङ उप केन्द्र र स्किम फर एडोलसेन्स गर्ल्स (एसएजी)-लाई साथमा लिएर सचेतनामूलक कार्यक्रम लङ्भ्यूको भेलाकुप सार्वजनिक हलमा सम्पन्न भयो। विद्यार्थीहरू भेला भएको यस सचेतना कार्यक्रममा चाइल्ड लाइन खरसाङ उप केन्द्रका टीम मेम्बर किशोर छेत्रीले बाल विवाह सामाजिक साथै कानुनी अपराध रहेको बताए। तिनले विद्यार्थीहरूलाई बाल विवाहले हुने क्षति साथै उत्पन्न हुने समस्याबारेमा जानकारी दिए। यसको साथै तिनले सोसियल मीडियाको दुरुपयोगबाट हुने समस्याहरू विषयमा जानकारी दिँदै यसको सदुपयोग गर्नुपर्ने सुझाउ दिए। यौन उत्पीडनबाट सतर्क रहने साथै बाल-बालिकालाई कुनै आपद्विपद आईपरे चाइल्ड लाइनको नि:शुल्क राष्ट्रिय टेलिफोन परिसेवा 1098 -मा फोन गरेर जानकारी दिनुपर्ने तिनले बताए।

एसएजीकी प्रभारी स्मृति छेत्रीले बाल विवाहबाट हुने क्षति बारेमा जानकारी दिइन्। तिनले कन्याश्रीको योजनाबाट पाउने सहयोगहरू बारेमा पनि जानकारी दिइन्। यस सचेतना कार्यक्रममा आईसीडीएसको तर्फबाट बबिता लामा, अन्तिमा घतानी, अरुणा विश्वकर्म, पवित्र थापा, नम्रता तामाङ, दीपमणि लामा, करुणा प्रधान, अन्जिता मोक्तान, चाइल्ड लाइन खरसाङ उप केन्द्रका टीम मेम्बर सौरभ बसेल साथै कञ्चनजङ्घा उद्धार केन्द्रका प्रतिनिधिहरू उपस्थित थिए। उल्लेखनीय छ, बाल विवाह बालबालिका, परिवार साथै समाजको लागि एउटा चुनैतीपूर्ण घातक समस्या हो। बाल विवाहले सबैभन्दा पहिला बाल-बालिकाको बाल्यकाललाई तुहाउँदछ भने तिनीहरुको बाल अधिकार हनन् हुँदछ। एउटी सानी बालिकासित शारीरिक रूपले आमा बन्न सक्ने क्षमता हुँदैन, उमेर पुग्न अघि नै गर्भधारण हुँदा उसको जीवनमा ठुलो जोखिम उत्पन्न हुन्छ। उमेरको हिसाबले वैवाहिक जीवनको व्यवस्था गर्नको लागि मानसिक रूपले तयारी भएका हुँदैनन्। बाल विवाह बढ्न थाले बाल बालिकाहरूको शिक्षामा बाधा उत्पन्न हुन्छ। बाल विवाहका कारण परिवारले समस्या झेल्नुपर्छ। यस्तो क्रम बढ्न थालेपछि समाजमा अशिक्षितहरूको संख्या बढ्न थाल्छ र यदि यस्तो भए समाजमा अर्को समस्या उत्पन्न हुन्छ। बाल विवाहको अधिनियमअनुसार केटीको बिहे गर्ने उमेर 18 अनि केटाको उमेर 21 वर्ष भनिएको छ। तर अब केटीको बिहे गर्ने उमेर 21 वर्ष हुनेछ। बाल विवाह कानुनी अपराध हो यदि बाल विवाह गरेको घटनास्थलमा भेटाए यससित संलग्न सबैजनामाथि कानुनी कार्वाही हुँदछ भनी जानकारी गराइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes