खरसाङको पङ्खाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एउटा सभा खरसाङको पङ्खाबारी सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा लङ्गभ्यू पङ्खाबारी-अम्बटे समष्टिका संयोजिका कल्पना प्रधान, समष्टि सचिव ललित प्रधान, समष्टि नारी मोर्चा नेत्री रिना थिङ, पङ्खाबारी बुथ संयोजक कल्यण लामा, बुथ सभापति सुरज प्रधान, सचिव हेमन्त थापा, समष्टि सदस्य कबीर लामा, समष्टि प्रचार प्रसार सचिव विनोद परियारको विशेष उपस्थिति रहेको थियो। समष्टि सभापति मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न सभालाई सम्बोधन गर्दै समष्टि संयोजिका कल्पना प्रधानले आफू कर्म नै पुजाको सिद्धान्तलाई आत्मसाथ गरेर भावी पिँढ़ीको भविष्य उज्जवल पार्न तथा चरित्रवान अनि अनुशासित राजनीति तयार पार्न यसरी राजनीतिमा आएको बताइन्।


प्रधानले पहाड़का प्राय: सबै स्कुलका शिक्षिक-शिक्षिका तथा प्रधान अध्यापक-अध्यापिकाहरूले अनित थापाको नेतृत्वमा गठित पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीलाई तिनको असल कर्म देखेर समर्थन जनाएको बताइन्। तिनले अनित थापाले 2004 देखि थाँतीमा रहेको 63 जनालाई एकैचोटि हाई स्कुलका शिक्षक प्रभारीहरूलाई पूर्ण रूपले प्रधान अध्यापक, अध्यापिका बनाएको दावी गर्दै त्यसभन्दा अघिका कोही पनि पार्टी नेतृत्वहरूले यो काम नगरेको बताइन्। सभालाई मणिराज डुम्जन, ललित प्रधान, कल्याण लामा लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *