खरसाङको सिविटार चियाबारीमा सेनिटाइज

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको नवदीप युथ क्लबको पदाधिकारीहरूद्वारा गाउँमा कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर उक्त क्षेत्रमा सेनिटाइज गरियो। हालै छिमेकी गाउँमा कोरोना पोजिटिभ भेट्टाएपछि यता गाउँमा सतर्कता अप्नाउँदै क्लबका पदाधिकारीवर्गद्वारा सेनिटाइज गरेको बताइएको छ।


नवदीप युथ क्लबका सभापति सुमन प्रधान, उप सभापति दिलिप प्रधान, सचिव असीम प्रधान, सह सचिव सदीप राई, कोषाध्यक्ष राजेन्द्र प्रधान, खेलकूद सभापति रामचन्द्र राई, सचिव बिर्जु तामाङ लगायत अन्य पदाधिकारीहरू उपस्थित भएर गाउँमा सेनिटाइज गर्नको साथै गाउँको एक घरलाई दुईवटा गरेर मोठ 86 वटा माक्स वितरण गरियो। यसको साथै यस्तो परिस्थितिमा सबैले माक्स लगाउने, सामाजिक दूरीको नियमलाई पालन गर्ने, सेनिटाइजर प्रयोग गर्ने साथै सचेत र सुरक्षित रहने विषयमा गाउँलेहरूलाई जागरूक गराएको नवदीप युथ क्लबका सचिव असीम प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş