खरसाङ (निसं): नेवार विकास बोर्ड अनि सांस्कृतिक बोर्ड र नेवा बौद्ध संगठनका सदस्यहरूले डब्ल्युबीएनभीएफ प्रशिक्षण केन्द्रमा डीआईजी कुणाल अग्रवालसँग भेट गरे। यस अवसरमा वार्ड नम्बर 17 र 18 नम्बर वार्डका स्थानीय मानिसहरूले तालिमको लागि मैदान प्रयोग गर्ने मौका नपाएकाले स्वस्थ्यकर छलफलपछि स्थानीय वासीन्दालाई तालिम प्रायोजन अनि प्रतियोगिताको लागि प्रयोग मैदान प्रयोग गर्ने स्वीकृति दिएको जानकारी प्राप्त भएको छ। सम्पत्ति, आन्तरिक सुरक्षा कायम गर्ने र कर्मचारीसँग राम्रो अनुशासन कायम गर्ने र यस बैठकमा पहिलो भीमसेन ट्रफी शुरु गर्ने मिति तय गरिएको थियो। प्रतियोगिता आगामी 26 जनवरीबाट शुरु हुनेछ र यो प्रतियोगिता प्रत्येक वर्ष सोही अवधिमा सञ्चालन हुनेछ भनी अमीत प्रधानले जानकारी दिएका छन्।