खरसाङ : आज 28 खरसाङ देवराली समष्टि अन्तर्गत वार्ड नम्बर 6 –मा 52 वर्षीय महिलाको कोरोना पोजिटिभ भएर मृत्यु भएको जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिकाको वार्ड पार्षद एवम् नगरपालिकाको हेल्थ सेनिटेशन विभागको इन्चार्ज श्याम शेर्पाले दिएको जानकारी अनुसार खरसाङको अप्पर शेर्पा बस्ती निवासी 52 वर्षीय महिला विगत धेरै दिनदेखि ब्रेस्ट क्यान्सरले पीडित थिइन्। तिनको अवस्था निकै गम्भीर भएकोले आज बिहान 4 बजेतिर खरसाङ महकुमा अस्पतालमा लगेपछि जाँच अवधि कोरोना पोजिटिभ रहेको पुष्टि भयो भने जाँच अवधि नै तिनको मृत्यु भएको बताइएको छ। अस्पताल अनि प्रशासन पक्षको तर्फबाट शव सिलगढी फुलबारीस्थित श्मशान घाटमा लगिएको पार्षद श्याम शेर्पाले जानकारी दिएका छन्। घटनाको जानकारी पाउन साथ नगरपालिकाको तर्फबाट उक्त क्षेत्रमा सेनिटाइज गरियो।