खरसाङमा बडी बिल्डिङ प्रतियोगिताको आयोजना गरिने

खरसाङ: खरसाङ डिभिजनल बडी बिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा खरसाङमा बडी बिल्डिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ। एसोसिएसनका सभापति सञ्जय छेत्रीको अध्यक्षतामा खरसाङ डिभिजनल बडी बिल्डिङ एन्ड फिटनेस एसोसिएसनको सभामा उक्त निर्णय लिएको छ। सभालाई एसोसिएसनको सचिव बसन्त थापाले सञ्चालन गरेका थिए। सभाको शुरुमा गुरुजी पण्डित तुलसी अधिकारीलाई शिक्षक दिवसको अवसरमा सम्मान जनाइयो। सभाको मुख्य उद्देश्य खरसाङ बडी बिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा आगामी 21 नोभेम्बरको दिन मिस्टर खरसाङ र मेन्स फिजिक्स प्रतियोगिताको आयोजना गरिने विषयमा चर्चा गरियो। उक्त दुईवटा प्रतियोगितामा विजेतालाई आकर्षक ट्रफीसहित नगद राशि पनि पुरस्कार रूपमा प्रदान गरिने साथै उक्त प्रतियोगिताको लागि खर्च आ-आफ्नो तर्फबाट सहयोग गर्ने विषयमा पनि चर्चा परिचर्चा गरियो। आगमी वर्ष मार्च अप्रेल महिनामा एसोसिएसनले ईस्टर्न बडी बिल्डिङ प्रतियोगिताको पनि आयोजना गर्नेबारे सभामा जानकारी गराइयो। सभापछि खरसाङ बडी बिल्डिङ एन्ड फिटनेस एसोसिएसनका सभापति सञ्जय छेत्री र सचिव बसन्त थापाले पत्रकारहरूसित कुराकानी गर्दै सभाको विषय र आगामी योजनाहरू विषयमा विस्तृत रूपमा जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *