खरसाङ महकुमा अस्पतालमा विश्व एड्स दिवस पालन

खरसाङ : विश्व एड्स दिवस खरसाङ महकुमा अस्पतालमा अस्पतालको डाक्टर, नर्सहरू र स्वास्थ्य कर्मचारीहरूको उपस्थितिमा हिज पालन गरियो। विश्व एड्स दिवस कार्यक्रममा एड्सको साङ्केतिक रातो रिबन लगाएर मानिसहरूलाई एड्स रोग बारेमा सचेत गराएको बताइएको छ। यस अवसरमा अस्पतालको पक्षबाट मानिसहरूलाई एड्स रोगबारेमा सचेत गराउँदै एड्स रोग विषयमा लेखिएको विभिन्न पर्चाहरू पनि वितरण गरियो। खरसाङ महकुमा अस्पतालमा सम्पन्न उक्त कार्यक्रममा डाक्टर र नर्सहरूले एड्स रोग विषयमा चर्चा-परिचर्चा गर्दै यस रोगबारेमा सचेत गराउन ब्यानर लगाउनको साथै पर्चाहरू वितरण गरियो। यस कार्यक्रममा खरसाङ महकुमा अस्पतालको सहायक सुप्रिमटेन्डेन्ट कृष्ण घोष, आईसीटीसी अनि आरएनटीसीपी विभागका अधिकारीहरू, नर्सहरू र डाक्टहरू विशेष रुपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *