खरसाङमा हाम्रो पार्टी-को सभा सम्पन्न

खरसाङ: हाम्रो पार्टी-को खरसाङस्थित पार्टी कार्यालयमा खरसाङ महकुमा क्षेत्रका कार्यकर्ताहरूलाई लिएर एउटा सभाको आयोजना गरियो। उक्त सभामा आउँदो खरसाङ नगरपालिका चुनाउको तयारी विषयलाई लिएर व्यापक छलफल गरियो। यस अवसरमा विभिन्न राजनैतिक पार्टी छोडेर हाम्रो पार्टीमा धेरैजना मानिसहरू सामेल भए। यस कार्याक्रममा खरसाङको पार्टी को-अर्डिनेटरको रूपमा सुल्तान खान, दिपक सुब्बा र एलएम शर्मालाई चयन गरियो। तीनधारे महानदी समष्टिको को-अर्डिनेटर योगेन मोक्तान, बिगेन क्षेत्री आदि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *