खरसाङ: हिल्स तृणमूल कङ्ग्रेसको एउटा सभा खरसाङ टाउन कमिटी युथ अध्यक्ष आरिफ खानको अध्यक्षतामा सम्पन्न भयो। सभापछि हिल तृणमूल कङ्ग्रेस खरसाङ टाउन कमिटीका कार्यकारी सभापतिले पत्रकारहरूसित कुराकानी गर्दै अब हिल तृणमूल कङ्ग्रेसको तामाङ एसोसिएसन बनिएको अनि यस हिल तृणमूल कङ्ग्रेसको तामाङ एसोसिएसनको प्रभरी सन्तोष तामाङ अनि बीरेन तामाङलाई सुम्पिएको जानकारी गराए। पत्रकारहरूलाई सम्बोधन गर्दै सन्तोष तामाङले आफू डीटीडीपीएलयुको प्रवक्ताको पद त्यागेर जनताको सेवा गर्नु अनि आफूले चाहेको जस्तो कार्य गर्नु पाउने भएको कारण आज हिल तृणमूल कङ्ग्रेसमा सामेल भएको बताए।
