खरसाङमा पादरी गङ्गाप्रसाद प्रधान र पारसमणि प्रधान सालिग निर्माण समितिको सभा सम्पन्न

खरसाङ : खरसाङमा गोर्खा जनपुस्तकालयको आयोजनामा पादरी गङ्गाप्रसाद प्रधान र पारसमणि प्रधानको सालिग निर्माण कार्य जारी छ। यसै विषयलाई लिएर आज पादरी गङ्गाप्रसाद प्रधान र पारसमणि प्रधान सालिग निर्माण समितिको एउटा सभा गोर्खा जनपुस्तकालय भवन खरसाङमा सम्पन्न भयो। उक्त सभा सालिग निर्माण समितिको मुख्य संयोजक तिलक शर्माको अध्यक्षतामा सम्पन्न भयो। सभामा पादरी गङ्गाप्रसाद प्रधान र पारसमणि प्रधानको सालिग निर्माणको कार्यहरू के कति भयो भन्ने विषयमा चर्चा परिचर्चा गरियो भने केही दिन अघि गोर्खा जनपुस्तकालयको प्रतिनिधि टोलीले बाग्राकोट पुगेर मूर्तिकार अमीर सुन्दासलाई भेटेर आएको तथा सालिग विषयमा भइरहेको प्रगति विषयमा चर्चा गरियो। सभामा गोर्खा जनपुस्तकालयका सभापति पूर्ण गुरुङ निरूपम, उप सभापति प्रकाश प्रधान, सचिव विनोद रसाईली लगायत अन्यहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै सालिग निर्माण समितिका मुख्य संयोजक तिलक शर्माले पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्तकालयले पारसमणि प्रधान र पादरी गङ्गाप्रसाद प्रधानको सालिग निर्माणको निम्ति कार्य गरिरहेको र यसको लागि मूर्तिकार अमीर सुन्दासलाई सालिग बनाउने जिम्मा दिएको बताए। तिनले पारसमणि प्रधानको सालिग निर्माण भइहाल्ने तर पादरी गङ्गाप्रसाद प्रधानको सालिग निर्माणको लागि केही समय लागेको बताउँदै दुवै सालिग निर्माणको कार्यमा अहिलेसम्मको गतिविधि विषयमा विस्तृत रूपमा जानकारी गराए। तिनले सालिग निर्माणको निम्ति विभिन्न पक्षहरूले सहयोग गरिरहेको र सालिग शिलान्यास भएको एकपछि पनि लकडाउनको कारणले अनावरण गर्न नसकेको तर चाँडै गोर्खा जनपुस्तकालयले आफ्नो कार्य पुरा गर्दै अनावरण गरिने बताए। शर्माले गोर्खा जनपुस्तकालयले नयाँ भवन निर्माण गरेर एक सय वर्षको इतिहास तयार पारेको र अब गोर्खा विभूतिहरूको सालिग निर्माण गरेर असल कार्य गरिरहेकोले यस कार्यमा जन सहयोगको पनि अपेक्षा गरिएको बताए। विशेष गरी पुस्तकालयले गोर्खा जातीय विभूतिहरूको सालिग जातीय विभूति उद्यानमा राखेको छ र अहिले पादरी गङ्गाप्रसाद प्रधान र पारसमणि प्रधानको सालिग निर्माणको कार्य धमाधम चलिरहेको छ क यस कार्यको लागि पुस्ताकालयलाई सबै सामाजिक, साहित्यिक र अन्यहरूले सहयोग गर्न आवश्यक रहेको देखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *