खरसाङ: खरसाङ नगरपालिकाले एउटा सूचना जारी गरेर नगरपालिका क्षेत्रमा घरको नक्सा पारित नगरि अवैध रूपले घर निर्माण गरिरहेको छ अथवा नगरपालिकाको नियमलाई पालन नगरेर घर निर्माण गर्नेहरूलाई नोटिस जारी गर्ने भएको छ। अवैध रूपमा निर्माण गरिएका घरहरु भत्काउने कार्य निरन्तर जारी छ भने भविष्यमा पनि यस्ता घरहरू भत्काइने बताइएको छ।

यो सूचना नगरपालिकाको पक्षबाट नगर पार्षद जारी गरेको श्रीमति शिलाले जनाएका छन्। खरसाङ नगरपालिकाको जागरूकता साथै खरसाङलाई राम्रो खरसाङ बनाउने पहलको यो एउटा हिस्सा भएको उपाध्यक्ष सुवास प्रधानले सबै वार्डवासीलाई बताएका छन्।
