खरसाङ: वार्ड पसौं अभियानलाई जारी राख्दै समीक्षा साथै प्रशाखा गठनार्थ आज खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 9 को स्व. जेके ओझा जन जागरण समिति सुधापा टोल समिति घरमा गोजमुमो अनित खेमाको एउटा सभा सम्पन्न भयो। सभाको अध्यक्षता वार्ड सभापति समीर तामाङले गरेका थिए भने युवा मोर्चाका टाउन कमिटाका सभापति सन्दीप प्रधानले सभा सञ्चालन गरेका थिए। सभामा टाउन कमिटी मूल सचिव सूर्य कुमार छेत्री, टाउन कमिटी नारी मोर्चा सभापति सबिता कार्की, सञ्चालक सन्दिप प्रधान,युवा मोर्चा केन्द्रीय समिति सदस्य कमलेश राई, टाउन कमिटी संयोजक समीरदिप ब्लोन आदिले सम्बोधन गरेका थिए। सभापछि आजको वार्ड पसौं अभियान र साङ्गठनिक सभा विषयमा गोजमुमो खरसाङ टाउन कमिटीका सभापति राजु शर्माले पत्रकारहरूलाई जानकारी दिएका छन्।
