खरसाङ सिपाहीधुरा भोटे बस्तीको ‘ट्री टेन्ट’ हाल देशी-विदेशी पर्यटकहरूका लागि आकर्षणको प्रमुख केन्द्र

खरसाङ (निसं) : पहाड़मा पर्यटन व्यवसायको प्रशस्त सम्भावना छ अनि युवाहरूले चाहे आफ्नै क्षेत्रमा धेरै काम गर्नसक्छ भन्ने प्रमाणित गरेका छन् खरसाङ सिपाहीधुरा निवासी युवा अनिवेश ठकुरीले। खरसाङदेखि 5-6 किलोमीटरको दुरीमा रहेको सिपाहीधुरादेखि डेढ किलोमीटर मुनि भोटे बस्तीमा प्राकृतिक परिवेसभित्र रहेर अनिवेश ठकुरीले पर्यटकहरूको लागि शुरु गरेका छन् ट्री टेन्ट। तिनले उक्त क्षेत्रलाई नै प्राकृतिक परिवेशमा एकदमै असल ढङ्गलेईको पल्सनाम दिएर ट्री टेन्ट शुरु गरेका छन्। उनले विगत 2021 को जुलाई महिनादेखि शुरु गरेको पर्यटन व्यवसाय अहिले पर्यटकहरूको लागि मुख्य आकर्षणको केन्द्र बनेको छ। शहरको कोलाहलदेखि टाड़ा स्वच्छ र सुन्दर परिवेशमा रूखहरूले घेरेको, रूखहरूले टँसाएर टेन्ट बनाएका छन् अनि नाम दिएका छन् ईको पल्स। बाँसले बनिएको सिँढ़ीहरू, बाँसले बनाएको प्राकृतिक छँटाभित्र रहेर बनिएको ईको पल्समा पुग्ने कुनै पनि पर्यटक निक्कै आकर्षित बन्नेछ। यहाँ जम्मा 6 वटा ट्री टेन्टहरू राखिएको छ भने सभा गर्ने र अन्य क्रियाकलापको लागि पनि व्यवस्था गरिएको छ। यहाँ आएर दिनभरि समय बिताउनु र रातमा होल्ड टेन्टमा आरामले गर्न सकिन्छ। यहाँ आएर जसले पनि आरामदायक र शान्ति महसुस गर्ने गरेको छ। ईको पल्स विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पर्यटन व्यवसायी अनिवेश ठकुरी भन्छन् आफुले होटेल लिजमा लिएर चलाउने गरेको तर कोरोना महामारीको समय होटल व्यवसाय बन्द भएपछि आफ्नै ठाउँमा आएर केही गर्ने अठोटसहित सिपाहीधुराको भेटे बस्तीमा रहेको आफ्नो क्षेत्रमा पर्यटकहरूलाई आकर्षित पार्न सक्ने ईको टुरिज्ममाथि ध्यानमा राखेर ट्री टेन्ट शुरु गरेको र अहिले यहाँ पर्यटकहरू विस्तारै आउने गरेको छ। तिनले अझ भने,’हामी दार्जिलिङको सुन्दर प्राकृतिक र पर्यटकीय स्थलमा जन्मेका छौं र हामीले हाम्रै क्षेत्रमा रहेर कार्य गर्न सक्ने रैछु भनेर नै यस क्षेत्रमा लागी परेको छु। यहाँ पर्यटकहरूको लागि बस्नलाई ट्री टेन्टको व्यवस्था रहेको छ अनि खानालाई यहाँको स्थानीय खानाहरू साथै राति बसेर क्याम फायर गर्ने तथा सानो तिनो साङ्गीतिक कार्यक्रम गर्नुलाई पनि व्यवस्था गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *