खरसाङ तथा सोनादा बजारमा पोस्टरिङ

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको पूर्व निर्धारित कार्यक्रम अनुसार आज शुक्रबार खरसाङ ब्राञ्च कमिटी अनि सोनादा टाउन कमिटीले खरसाङ बजार अनि सोनादा बजारमा पोस्टरिङ गर्यो। विशेष गरेर गोर्खा जातिले दिएको मतलाई कदर गर्दै केन्द्र सरकारले गोर्खा जातिलाई न्याय दिनुपर्छ। सन् 1931-को जनगणना अनुसार छोड़िएका गोर्खा जातिलाई जनजातिको दर्जा दिनुपर्ने, बीजेपीले आफ्नो संकल्प पत्रमा उल्लेख गरेको वाचाहरू पुरा गर्नुपर्ने र जीटीए मान्दैनौँ भन्ने मागहरू रहेको उक्त पोस्टरमा लेखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *