खरसाङ तीनधारे क्रिश्चियन चर्च-द्वारा खाद्य सामग्री वितरण

खरसाङ : खरसाङ महकुमा अन्तर्गत पर्ने तीनधारे क्रिश्चियन चर्चको आयोजनामा विपन्न परिवारहरूलाई केही राहत सामग्रीहरू वितरण गरियो। उक्त चर्चको तर्फबाट तीनधारे गोलाईपाखा वरिपरिका केही परिवारहरू लगायत चर्च भवनको वरिपरि रहेका घरहरूमा पनि राहत सामग्रीहरू वितरण गरेको बताइएको छ। वितरण कार्य अघि चर्च भवनमा केही व्यक्तिहरू उपस्थित भएर रिचार्ड मूरको अगुवाईमा प्रार्थना गरी राहत सामग्रीहरू वितरण कार्य सम्पन्न गरियो।


तीनधारे गोलाई पाखा लगायत तीनधारे चियाबारीका केही गाउँ साथै तीनधारे चियाबारीमा राखिएको क्वारेनटाइन सेन्टरहरूमा साथै घैयाबारी, रंगटङ्ग, सिविटार, राजबारी, गैरी गाउँ क्षेत्रहरूमा रहेका चर्चका परिवारहरूलाई दाल, तेल, बिस्कुट, सोयाबीन, साबुन, नुन, सेनिटाइजर, पेस्ट लगायत अन्य सर-समानहरू वितरण गरियो। मोठ पचास घरहरूलाई उक्त राहत सामग्रीहरू वितरण गरियो। यस अवसरमा रिचार्ड मूरले कोरोना महामारीबीच हाम्रो तीनधारे क्रिश्चियन चर्च (ईण्डिया इमान्जलिस्टिक क्रुसेड)-को तर्फबाट केही खाद्य सामग्रीहरू वितरण गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş