खरसाङ तीनधारेको पैह्रो भएर मालवाहक गाड़ीहरू नकुदाइदिने स्थानीयहरूको माग

खरसाङ : तीनधारेको पैह्रो भएर ठूल्ठूला गाड़ीहरू नकुदाई दिने स्थानीयहरूले अपिल गरेका छन्। गत शुक्रबार तीनधारेको पुरानो अस्पताल छेउबाट गएको पैह्रोले तलपट्टि रहेको लामपाते गैरीको सड़क पनि सबै लगेको कारणले हाल एनएच 55 बन्द छ। सम्बन्धित विभागबाट गत शनिबार तीनधारेको माथिल्लो पैह्रोमा लीगपट्टि बाटो खनेर साना गाड़ीहरू कुदाउन सक्ने बाटो निकालिएको छ। उक्त बाटो भएर साना गाड़ीहरू कुदाउन सकिने भएको छ। तर सोमबार उक्त सानो बाटो भएर ठूल्ठूला मालवाहक गाड़ीहरू कुदाउन थालिएकोले स्थानीसहरूले यसको विरोध गरेका छन्। सोमबार दिनभरि पिपल्स वेलफेयर सोसाइटी तीनधारेका प्रतिनिधिहरू उक्त पैह्रोमा बसेर निरीक्षण गर्दा केही मालवाहक ट्रकहरू ( टिप्पर) यो पैह्रोको सानो बाटो भएर कुदिरहेको र एउटा झण्डैले पैह्रोमा झर्नेसम्मको स्थिति आएको र यस्ता ठूल्ठूला मालवाहक ट्रकहरू माथिल्लो पैह्रोको यो सानो बाटो भएर कुद्न थाले पुन: बाटो बन्द हुने स्थिति हुनेछ। त्यसैले यो सानो बाटोबाट केवल साना गाड़ीहरू मात्र कुदाउन पर्ने तर ठूल्ठूला गाड़ीहरू नहुने पिपल्स वेलफेयर सोसाईटी तीनधारेको पक्षबाट दिपक प्रधानले अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *