कुवामा दाउराको टुक्रा निकाल्ने प्रयास गर्दा डुबेर सिलगढीमा युवकको मृत्यु

सिलगढी (निसं): कुवाबाट दाउराको टुक्रा निकाल्ने प्रयास गर्दा एकजना युवकको डुबेर मृत्यु भएको छ। मृतक युवकको नाम विष्णु बर्मन उर्फ बिजय (30) हो। यो घटना सिलगढी नगर निगमको 43 नम्बर वार्ड अन्तर्गत प्रकाश नगरको दादा भाई कोलोनीको बताइएको छ। प्राप्त जानकारी अनुसार वासुदेव बर्मन नामक एकजना वृद्ध व्याक्तिले आफ्नो छिमेकी विष्णु बर्मनलाई कुवाभित्रको दाउराको टुक्रा निकालिदिने आग्रह गरेपछि तिनी घरमा गएर आएपछि पिलरमा डोरी बाँधेर कुवामा पसेका थिए तर कुवामा विषाक्त ग्यास रहेको कारण विष्णु कुवाभित्र नै बेहाश भएर लडे। यसपछि तत्कालै यस घटनाबारे दमकल विभाग, पुलिस अनि एम्बुलेसलाई खबर गरे। खबर पाउन साथ दमकल विभागका कर्मीहरू घटनास्थलमा पुगेर तिनलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पुऱ्याए तापनि त्यहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरे। अर्कोतिर, परिवार पक्षले जानी-जानी विष्णुलाई कुवामा पस्नु लगाएर मारेको आरोप लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş