लाब्दा बस्तीका 25 परिवारलाई खाद्य सामग्री वितरण

मङपु : कोरोना महामारीको समयमा हाम्रो मङपु राम्रो मङपु संस्थाले शुरू गरेको हुनेले दिएर जाऊ नहुने लिएर जाऊ कार्यक्रम जारी रहेको छ। यसै कार्यक्रम आज स्थानीय लाब्दा बस्तीका 25 परिवारलाई सिटोङ 1 का समाज सेवी विक्रम राईको पहलमा चामल, दाल नुन, तेल, न्युटेला, प्याज, चाना आदि खाद्य सामग्री वितरण गरियो। यसभन्दा अघि पनि नालीडाँडा, लाब्दा विभाग, मङपु विभाग अनि सिम्ले विभाग साथै हाम्रो मङपु राम्रो मङपु-का सदस्यहरू बिदेन प्रधान, बिभोर सिङदन अनि प्रणय राईले कोरोना संक्रमित व्यक्तिको घर-घरमा पुगेर खाद्य सामग्रीहरू प्रदान गरिरहेका छन्। कोरोना परिस्थितिमा आवश्यकमन्द मानिसहरू यसरी खाद्य सामग्रीहरू प्रदान गरेर सहयोग प्रदान गरेकोमा गाउँवासीको पक्षमा बिश्वनाथ राईले बिक्रम राई अनि आयोजक समितिलाई आभार व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *