लगातार पानी परिरहेकोले बाघडुग्राको एशियन हाईवे जलमग्न

बाघडुग्रा, 26 सेप्टेम्बर (निसं): लगातार वर्षाको कारण बाघडुग्राको एशियन हाईवे जलमग्न भएको छ। गत दुई दिनदेखि लगातार पानी परिरहेको छ, जसको कारण बाघडुग्राको बिहार मोडको सडक नदीमा परिणत भएको छ। वाहन चालकहरूले आरोप लगाए अनुसार नालीहरूको सफाई राम्ररी नगरेकोले गर्दा पानी बाटोमा जम्मा भइरहेको छ, जसले गर्दा चालक र अन्य सबैलाई कठिनाइ परिरहेको छ। यदि लगातार पानी परीबस्यो भने सडकमा पानी अझ बढ्न सक्ने स्थानीय मानिसहरूले आशंका व्यक्त गरेका छन्। मौसम विभाग अनुसार आगामी केही दिनसम्म लगातार पानी पर्ने आशंका रहेको छ। आज देशका विभिन्न राज्यहरू लगायत उत्तर बंगालका विभिन्न जिल्लामा अत्यधिक वर्षा हुने सम्भावना व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *