सिलगढी : लगातार परिरहेको पानीले गर्दा सिलगढीको अशोक नगर इलाका जलमग्न बनेको छ। प्रत्येक वर्ष वर्षाको समयमा यहाँ जलमग्न हुने गर्दछ। हिजोदेखि लगातार परिरहेको पानीले गर्दा अशोक नगर इलाका जलमग्न भएको छ। यहाँको धेरै ठाउँमा कम्मरसम्म पानी जमेको छ भने धेरैजसो घरहरूमा पानी पसेको बताइएको छ। यसले गर्दा त्यहाँका मानिसहरू अफिस जानको लागि समस्याको सामना गर्न परिरहेको छ। बाइक, साइकलमा समेत सवार भएर उक्त इलाका भएर आवत-जावत गर्न असुविधा भइरहेको छ।