लगभग करोड रुपियाँको ब्राउन सुगरसहित सिलगढी मतिगढाका बाबु-छोरी पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा मतिगढा थाना पुलिसले आज बिहान शिवमन्दिर इलाकामा अभियान चलाएर 9 सय ग्राम ब्राउन सुगरसहित बाबु-छोरीलाई पक्राउ गरेको छ। जफत गरेको उक्त ब्राउन सुगरको अनुमानित बजार मूल्य लगभग 90 लाखदेखि 1 करोड रुपियाँ रहेको बताइएको छ। आज मतिगढा थानामा पत्रकार सम्मेलनको आयोजना गरेर एसीपी चिन्मय मित्तलले बताएअनुसार गत केही महिनादेखि मतिगढा थाना इलाकामा धेरै मात्रामा पुलिसले ब्राउन सुगर उद्धार गर्नको साथै केही व्यक्तिहरूलाई पक्राउ समेत गरिसकेको छ। गत 3-4 महिनादेखि सिलगढी पुलिस कमिश्नरेट इलाकाका विभिन्न थानाहरूले अभियान चलाएर लगभग 10 केजी ब्राउन सुगर जफत गरिसकेको छ। प्राप्त जानकारीअनुसार पक्रा पर्ने मतिगढा थाना इलाकाको विश्वास कोलनी निवासी बाबु महेश माली र छोरी अलोका बेगममध्ये छोरीलाई गाँजा तस्करी गरेको आरोपमा पुलिसले यसभन्दा अघि पनि पक्राउ गरेको थियो। ती बाबु-छोरीले मालदा मुर्शिदाबादबाट ब्राउन सुगर ल्याएर सिलगढीको विभिन्न ठाउँहरूमा बिक्री गर्ने गरेको आरोप रहेको छ। पुलिसले यी दुई बाबु-छोरीलाई धेरै दिन अघिदेखि खोजी गरिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *