कालेबुङ : कालेबुङमा आज गोर्खाल्याण्ड राष्ट्रीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष तथा सभासद अजय एडवार्डसले लक्ष्य प्राप्तिको निम्ति हामी सबै एकबद्ध हुनै पर्छ भन्दै यसको लागि सबैलाई आह्वान गरे। सभामा अजय एडवार्डसलाई विशेष रूपमा निम्ताएका थिए। सभालाई सम्बोधन गर्दै तिनले आफुसँग आफ्नो पार्टीको सभासद र नगरपार्षदहरू आएको जानकारी गराउँदै मेरो सभासद र नगरपार्षदहरूलाई रूपियाँ पैसाको प्रलोभन देखाएर तिनीहरूले आफुहरूसंग तान्ने प्रयास गरेका थिए भन्ने आरोप लगाए। नगरपाषार्दिका सुजातालाई 70 लाख रूपियाँको अफर दिएको थियो तर तिनले त्यो अफरलाई ठुक्राएर स्वाभिमानसँग उभिएको तिनले दावी गर्दै सुजाता बहिनीहरूलाई यति धेर पैसा कहिले पनि दिनु सक्दिनँ। एडवार्डसले भने,यो मञ्च गोर्खा जातिलाई बंगालबाट उन्मुक्ति दिलाउने मञ्च हो। यो मञ्चमा उभिएर तपाई हामी सबै मिलेर सङ्घर्ष गर्दैछौ। यो मञ्चको माध्यमद्वारा हामीले सबैलाई एकताको मञ्चमा ल्याउँन पर्छ। गोर्खा जातिको उन्मुक्तिको सङ्घर्षमा हामी सवै एकबद्ध हुन अति आवश्यक छ अनि हामी हाम्रो एकताको सङ्घर्षमा कहिले पनि विफल हुनु हुँदैन भनि एडवार्डसले बताए।
सन् 1986 को गोर्खाल्याण्डको आन्दोलनमा म सानै थिए अनि त्यो गोर्खाल्याण्ड 12 सय मानिसहरू शहीद भएका थिए।ती शहीदहरू सवै हाम्रै गोर्खा दाजु भाइहरू शहीद भएका थियो ,त्यो किन भयो भन्दा हाम्रो एकता नहुँदा भएको थियो। विगतमा भएका गलती र भूलहरूबाट हामीले शिक्षा लिन पर्छ अनि त्यो शिक्षालाई कार्य रूपमा परिणत गर्ने प्रयास गर्नपर्छ। देश अजादीको सङ्घर्षमा दुर्गा मल्लले प्राणको आहुति दिए तर आज उनको सन्तानको अवस्था सोचनीय अवस्थामा पूगेको छ। म जनताको सेवा गर्ने मान्छे, मलाई राजनीति मन पर्दैन थियो तर मेरो एकजना साथीले सेवा कार्य गर्नलाई राजनैतिक मञ्च सबैभन्दा ठूलो र राम्रो मञ्च रहेको बताएका थिए अनि मैले जनताको सेवा अझ गर्न पर्छ भन्ने सोच लिएर राजनीति पार्टीको गठन गरेको हो। हामीले पार्टी गठन गरेको केवल तीन महिनाको अवधिमा दार्जिलिङ नगरपालिकामा बोर्ड गठन गर्न सफल भयौ। नगरपालिकालाई सेवा गर्ने सबैभन्दा ठूलो मञ्च मान्ने गर्छ तर नगरपालिकामा हामीले 10,12 जना धनी हुने ठाउँ मात्र भएको देख्यौ। हामीले हाम्रो उन्मुक्तिको कुरा गरिरहेका छौ अनि यो उन्मुक्तिको निम्ति बौद्धिक आन्दोलन गर्न पर्छ। हामीले कसैलाई सहिद नबनाई उन्मुक्तिको लक्ष्य प्राप्त गर्नपर्छ भनि हाम्रो पार्टी अध्यक्ष एडवार्डसले बताए।