सिलगढी, 27 सेप्टेम्बर (निसं): खोरीबारीको पानीट्याङ्की पुलिसले 509 ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ गरिएका व्यक्तिहरूको नाम लखिना बीबी र जमाल उद्दीन शेख हो। यी दुवै मुर्शिदाबादका निवासी हुन्।
प्राप्त जानकारी अनुसार, पानीट्याङ्की आउट पोस्ट पुलिसले आज बिहान खोरीबारीको भारत-नेपाल सिमानाको पानीट्याङकी संलग्न उत्तर रामधन जोत क्षेत्रमा दुई जना सन्देहास्पद व्यक्तिलाई पक्राउ गरेको थियो। त्यसपछि छानबिन गर्दा उनीहरूको बाट 509 ग्राम ब्राउन सुगर फेला परेको छ। पुलिस सूत्र अनुसार उद्धार गरिएको मादक पदार्थको बजार मूल्य लाखौं रुपियाँ रहेको छ।तिनीहरूले मुर्शिदाबादबाट पानीट्याङ्की क्षेत्रमा मादक पदार्थ तस्करी गर्ने योजना बनाएका थिए। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।