लाखौँ रुपियाँको गाँजा सहित चालक पक्राउ

सिलगढी : स्पेसल टास्क फोर्सले एउटा ट्रकबाट अधिक मात्रामा गाँजा उद्धार गर्नको साथै चालकलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम गोविन्द घोष बताइएको छ। तिनी जलपाईगढी निवासी हुन्। गोप्य सूचनाको आधारमा स्पेसल टास्क फोर्सले एनजेपी थाना इलाकाको आमबारी क्यानल रोडमा फ्लाईओभर नजिक एउटा ट्रकलाई रोकेर छानबीन गर्दा लगभग 161 केजी गाँजा उद्धार गरेको छ। उक्त ट्रकको पछिल्तिर एउटा गोप्य चेम्बर बनाएर गाँजा लुकाएको थियो। उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लगभग 16 लाख रुपियाँ बताइएको छ। उक्त गाँजा कुचबिहारबाट बिहारमा तस्करी गर्ने उद्देश्यले लगिरहेको एसटीएफ सूत्रले जनाएको छ। एसटीएफले पक्रा परेका व्यक्तिलाई एनजेपी थाना पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *