लाखौँ रुपियाँको गाँजासहित 2 जना पक्राउ

सिलगढी एनजेपी थाना पुलिसले 43 केजी गाँजा सहित दुईजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले इलियास रहमान र तालेब हुसेन सामेल छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले हिजो गोप्य सूचनाको आधारमा फुलबारी संलग्न जटियाकाली इलाकामा एउटा पिकअप भ्यानलाई रोकेर छानबीन गर्दा 43 केजी गाँजा उद्धार गर्नको साथै दुईजना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार जफत गरेको गाँजाको अनुमानित बजार मूल्य 4 लाख रुपियाँ रहेको छ भने उक्त गाँजा कुचबिहारबाट फुलबारी हुँदै कोलकाता लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *