सिलगढी : सालुगढा रेञ्जका वनकर्मीहरूले लाखौँ रुपियाँको सैगुनको काठ उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा हिजो अबेर राति सालुगढा रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा फुलबारी संलग्न बाइपास इलाकामा अभियान चलाएर धेरै मात्रामा सैगुनको काठ उद्धार गरेको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार अरूणाचल प्रदेशदेखि एउटा लरीमा सैगुनको काठ बोकेर बिहारतर्फ लगिरहेको थियो। जफत गरेको काठको अनुमानिक बजार मूल्य लगभग 20 लाख रुपियाँ रहेको बताइएको छ। तथापि, घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन।