सिलगढी, 30 अप्रेल (निसं): सिलगढीको प्रधान नगर थाना पुलिसले ब्राउन सुगर तस्करी गरिरहेका एकजना महिलालाई सिलगढी जंक्शन क्षेत्रबाट रंगेहात पक्राउ गरिएको छ। पक्रा परेकी महिलाको नाम अर्चना विश्वास हो। उनी जलपाईगढीको गरालबाडी क्षेत्रकी वासिन्दा हुन्।
गोप्य सूचनाको आधारमा मंगलबार राति प्रधान नगर थानाको पुलिस टोलीले सादा पोशाकमा सिलगढीको जंक्शन क्षेत्रमा अभियान चलाएको थियो। यस अवधि एकजना शंकास्पद महिलालाई देखेर उनको छानबिन गरियो। यसै क्रममा ती महिलाको झोलाबाट लगभग 390 ग्राम ब्राउन सुगर उद्धार गरिएको छ, जसको बजार मूल्य करोडौं रुपियाँ रहेको बताइएको छ। आज उक्त महिलालाई सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको गहन रूपमा जाँच गरिरहेको छ।