लाली गुराँस स्वनिर्भर दलद्वारा क्वारेन्टाइन सेन्टरहरूमा खाद्य वितरण

दार्जिलिङ : दार्जिलिङ जिल्लाको चुङथुङ चियाबारीको डाँड़ा गाउँमा बाहिरबाट घर फर्किआएका मानिसहरूलाई यहाँ बनाइएको क्वरेन्टाइन सेन्टरहरूमा राखिएको छ। गाउँ सुरक्षा समिति तथा कोभिड 19 वारियरका भोलेन्टियरहरूले तयार गरेको 5 वटा क्वरेन्टाइन सेन्टरहरूमा बाहिरबाट घर फर्किआएका मानिसहरूलाई 21 दिन सम्म राख्ने गरिएको छ। आज स्थानीय लाली गुराँस स्वनिर्भर दलका सदस्यहरूले ती क्वारेन्टाइन सेन्टरहरूमा बसेका मानिसहरूसित भलाकुसारी गर्दै आवश्यक खाद्य सामग्रीहरू वितरण गरे। यस अवसरमा दलका नेत्री शान्ति तामाङ, सचिव वसन्ती तामाङ, कोषाध्यक्ष मञ्जु तामाङ, अनु तामाङ, मुन्ना तामाङ, विद्या तामाङ, संगीता घिसिङ, सुनिता तामाङ आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş