ल्यान्ड लुजरहरूको आन्दोलनले तीनबत्तीमा उत्तेजनाको माहौल, केही प्रदर्शनकारीहरू पुलिस हिरासतमा

सिलगढी : जलपाईगढी ल्यान्ड लुजर कमिटीका सदस्यहरूले नोकरी दिनुपर्ने मागलाई लिएर हिजोदेखि सिलगढीको तीनबत्ती मोडस्थित टिस्टा ब्यारेज प्रकल्प कार्यालयमा विरोध प्रदर्शन गरिरहेको छ। आज ती प्रदर्शनकारी जमिनदाताहरूलाई एनजेपी थाना पुलिसले घटनास्थलबाट हिरासतमा लिएको छ। आज बिहानैदेखि ती जमिनदाताहरूले टिस्टा ब्यारेज प्रकल्पको कार्यालय बन्द गरिदिनको साथै त्यहाँ कार्यरत कुनै पनि अधिकारी तथा कार्मचारीहरूलाई कार्यालयभित्र प्रवेश गर्न दिएको थिएन। यसको साथै जमिनदाताहरूले राष्ट्रिय राजमार्गमा विरोध प्रदर्शन गरिरहेका थिए। यसपछि आज दिउँसो पुलिसले माइकिङको माध्यमद्वारा ती प्रदर्शनकारी जमिनदाताहरूलाई त्यहाँबाट हट्ने निर्देश दिए तापनि सो पालन नगरेपछि अन्तमा पुलिसले बाध्य भएर प्रदर्शनकारी जमिनदाताहरूलाई हिरासतमा लिएको बताइएको छ।


स्मरण रहोस्, टिस्टा ब्यारेज प्रकल्पको लागि 1984 देखि 2006 सम्म राज्य सरकारले त्यहाँका मानिसहरूको जमिन लिएको थियो। जलपाईगढी ल्यान्ड लुजर कमिटीका सदस्यहरूको आरोप अनुसार उक्त जमिनको बद्ली आंशिक क्षतिपूर्ति पाए तापनि जमिन दिने परिवारका एक-एकजना सदस्यलाई सरकारी नोकरी दिने राज्य सरकारले दिएको वचन हालसम्म पुरा नगरेकोले गर्दा क्षतिपूर्ति लगायत सरकारी नोकरीको मागलाई लिएर तिनीहरूले आन्दोलन गरिरहेको बताएका छन्। संगठनका सदस्यहरूले यस विषयलाई लिएर राज्यका मन्त्रीहरूसित बैठक गरिनुपर्ने माग गरे तापनि हालसम्म पुरा नभएकोले गर्दा नै आफूहरू आन्दोलन गर्न बाध्य भएको हो भनी बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELcasibom girişcasibomgrandpashabet giriş