लापत्ता कोरोना संक्रमित व्यक्तिबारे नकारात्मक टिप्पणी नगरीदिने समाज पक्षबाट अपील

बिजनबारी : जलपाईगुढ़ी सुधार गृहमा सजाय काटिरहेका गत छोटा हट्टा रिम्बिक लोधोमा समष्टिका भीमे राईलाई करोना संक्रमित भएपछि गत केही दिन अघि टिस्टा कोविड अस्पताल लगिरहेको समय आधा बाटोबाटै लापत्ता भएका थिए। उक्त घटनालाई लिएर विशेष गरेर सामजिक सञ्जालहरूमा लगातार नकारात्मक कमेन्टहरू आइरहेकोले गर्दा परिवारका सदस्यहरू लगायत तिनका छोरीहरूलाई ठूलो आघात ठेस पुगेको र यस प्रकारको कमेन्टले छोरीहरूको मानसिकतामा पनि ठूलो प्रभाव परेको नव गोरेटो समाज छोटा हट्टाको पक्षबाट अभिषेक राईले जानकारी दिएका छन्। उक्त लापत्ता व्यक्तिलाई पुलिस प्रशासनले चाँडै खोजी निकालेर उचित उपचार गरेपछि निको हुने बताँउदै तिनले सोसियल मिडियामार्फत अबोप्रान्त कसैको नीजि जीवन र मानसिक रूपमा प्रताड़ना गराउने खबरहरू नफैलाइदिने अपील गरेका छन् | स्मरण रहोस, जलपाईगुढ़ी सुधार गृहमा सजाय काटिरहेका व्यक्तिलाई कोरोनाको कारण प्यारोलमा घर पठाइएको थियो तर उक्त व्यक्ति कोरोना संक्रमित भएपछि प्रशासनिक देखरेखमा कोविड अस्पताल लैजाँदै गर्दा जोरबंगलो थाना अन्तर्गत तीन माईल परिसरबाट लापत्ता भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş