लक्ष्मी भण्डारको फारम भर्नको लागि रुपियाँ लिएको आरोपमा तीनजना पक्राउ

सिलगढी : लक्ष्मी भण्डारको फारम भर्नको लागि मानिसहरूबाट रुपियाँ लिएको आरोपमा सिलगढी थाना पुलिसले एउटी युवतीसहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू भक्तिनगर थाना अन्तर्गत इलाका निवासी अतिन्द्र मजुमदार (50), नवाब राय चौधरी (29) र अपर्णा राय चौधरी (25) सामेल छन्। प्राप्त जानकारी सिलगढी नगरनिगमको चार नम्बर बोरोको तर्फबाट बाबुपाड़ाको ज्योत्सनामयी गर्ल्स हाई स्कुलमा द्वारे सरकार शिविर लगाइएको थियो। यस अवधि लक्ष्मी भण्डारको फारम भर्नको लागि यी तीनजनाले रुपियाँ लिने गरेको आरोप उठेपछि सिलगढी नगरनिगमको चार नम्बर बोरो अधिकारीहरूद्वारा थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले हिजो एउटी युवतीसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *