सिलगढी : लायन्स क्लब अफ् सिलगढी लेजेन्ड्सद्वारा वर्ष व्यापी फुड फर अल कार्यक्रम आजदेखि शुरू गर्यो। उक्त कार्यक्रमको आज पहिलो दिन सिलगढीको हिलकार्ट रोडमा लायन्स क्लब अफ् सिलगढी लेजेन्ड्सको पहलमा फुड फर अल अन्तर्गत आवश्यकमन्द मानिसहरूलाई निःशुल्क भोजन वितरण गरियो। उक्त कार्यक्रम वर्षभरि चल्ने साथै प्रत्येक हप्ता आवश्यकको हिसाबमा फुड फर अल कार्यक्रम अन्तर्गत निःशुल्क भोजन वितरण गरिने संगठनका सदस्यहरूले बताए। यसको साथै आज लायन्स क्लब अफ सिलगढी लेजेन्ड्सको तर्फबाट गुलमा चियाकमानमा आवश्यकमन्द मानिसहरूलाई छाता पनि वितरण गरियो। आजको कार्यक्रममा लायन्स क्लब अफ सिलगढी लेजेन्ड्सका अध्यक्ष डा. पञ्चानन देवरी भराली, सचिव राजीब चक्रवर्ती, कोषाध्यक्ष सत्यव्रत शर्मा, जोन अध्यक्ष आनंद प्रकाश शर्मा उपस्थित थिए।