लायन्स क्लब अफ् उत्तरायन सेन्टेनियाल-द्वारा टीकाकरण शिविरको आयोजना

सिलगढी : लायन्स क्लब अफ् उत्तरायन सेन्टेनियाल र मेडिका नर्थ बेङ्गल क्लिनिकको संयुक्त पहलमा आज सिलगढी कलेजमा कोरोना टीकाकरण शिविरको आयोजना गरियो। तीनदिन व्यापी उक्त शिविरमा 18 वर्षदेखि माथिकाहरूलाई कोभिडशिल्डको पहिलो र दोस्रो खोप दिइनेछ। प्रतिदिन लगभग 1 हजार मानसिहरूलाई उक्त शिविरमा कोरोनाको खोप लगाइने लक्ष्य राखेको बताइएको छ।


लायन्स क्लब अफ् उत्तरायन सेन्टेनियालका सदस्य मुकेश कुमार बन्सलले बताएअनुसार उक्त शिविरमा विशेष गरेर आवश्यकमन्द तथा गरिब मानिसहरूलाई निःशुल्क कोरोनाको खोप लगाइने व्यवस्था गरेको छ। उक्त शिविरमा लायन मुकेश बन्सल, लायन अमित लाड्डा, लायन रकी सिंह, लायन रोहित गोयल, लायन अमित अग्रवाल लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *