लजमा युवतीसित सामूहिक दुष्कर्म गरेको घटनामा भागेका 2 जना आरोपी पक्राउ

सिलगढी : भक्तिनगर थाना अन्तर्गत ईस्टर्न बाइपास नजिक रहेको एउटा लजमा युवतीसित सामूहिक दुष्कर्म गरेको घटनामा भागेका 2 जना आरोपीलाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेकाहरूमा तरूण साहा र साधन साहा सामेल छन्। घटनाक्रमअनुसार गत बिहिबार राति इष्टर्न वाइपास इलाकास्थित एउटा लजमा 3 जना युवकले एउटी 26 वर्षीय युवतीलाई लगेपछि तिनलाई नशालु पदार्थ खुवाएर सामूहिक दुष्कर्म गरेको आरोप रहेको छ। यसपछि ती युवकहरूले युवतीलाई लजमै छोडेर त्यहाँबाट निस्केका थिए। घटनाबारे पीडित युवतीले आशिघर आउटपोस्ट पुलिस थानामा अभियोग दर्ता गरेपछि उक्त घटनामा संलग्न रहेको आरोपमा एमडी बब्लू नाम गरेको एकजना युवकलाई पुलिसले पक्राउ गरे तापनि अन्य 2 जना युवक भागेका थिए।  यसपछि पुलिसले आरोपी एमडी बब्लूलाई अदालतमा पेश गरेर 2 दिनको पुलिस हिरासतमा लिए। घटनाको जाँचमा जुटेका पुलिसले गत राति अन्य 2 जना युवकलाई आसिघर आउटपोस्ट इलाकाबाट पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *