रिम्बिक : खेलको माध्यमले आपसी मदभेद हटाउन आवश्यक रहेको बताउँदै आज लोधोमा खेलकुद सङ्घले दार्जिलिङ पहाडभरिका विभिन्न राजनीति पार्टीका नेतृत्वहरुलाई अतिथिको रूपमा बोलाएर खेलमा झैं आपसी भाइचारा रहन अत्यन्तै आवश्यक रहेको सन्देश दिएको छ। अर्कोतिर विभिन्न राजनैतिक पाटीका नेतृत्वहरु पनि एकै मञ्चमा आज देखा परे। यसै क्रममा हाम्रो पार्टी प्रमुख अजय एडवर्ड, गोजमुमो नेता नरेन्द्र काम्बाङ, हिल तृणमुल नेत्री कला भाजु, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेता नोर्देन शेर्पा, कम्युनिस्ट पार्टीका नेता गौतम राज राई, गोरामुमो नेता सुवास सुब्बा लगायत प्रमुख रूपमा उपस्थित थिए। ती सबै उपस्थित नेताहरूले आवश्यक परेको खन्डमा आजको खेलमा झै एउटै मञ्चमा आउने भरोसा दिलाए।
