लोहागढ चियाकमानको सडक बेहाल अवस्थामा

मिरिक: मिरिक महकुमाको लोहागढ चिया बगान सडक मार्गको खराब अवस्थाले गर्दा कालापानी झै बन्ने स्थितिमा पुगेको छ। एकातिर मञ्जा खोलाको अनि अर्कोतिर गुहे खोलाको बाढले गर्दा सडकमार्गको अवस्था खुबै खराब भइरहेको छ भने अधिक वर्षाको कारण सडकको अवस्था खोलाको बगर जस्तो भएको बन्न पुगेको छ । गुहे खोलाको बाढले सडक किनारको जमीन धस्किरहेको छ भने लोहागढलाई जोड्ने एकमात्र सडकलाई चौतर्फीबाट घेरेर दुरवस्थामा पुर्याएको छ । लोहागढ भारत नेपाल सिमा क्षेत्र हो भने नक्सल, नेपाल, पानीघट्टा, निरपानीयाँ अनि पहाडतर्फ पुटुङ, मिरिक अनि संलग्न ठाउँसित जोड्ने एकमात्र सडकमार्ग हो। यदि यो सडकमार्ग सम्पूर्ण रुपले बाधित भए लोहागढ कालापानी झै बन्ने लगभग निश्चित देखिन्छ। स्थानीय मानिसहरुको भनाई अनुसार वर्षौदेखि कसैको यसमा नजर परेको छैन न त सम्बन्धित विभागको न त कुनै जिम्मेवार राजनैतिक दलका नेताहरुको आँखा परेको छ। चुनाउको समय आश्वासनको पोको बोकेर नेताहरु आउँछन् तर चुनाउ सकेपछि हराउँछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş