अलीपुरद्वार, 26 अगस्त (निसं): ट्रेनको ड्राइभरको त्वरित सूझबूझले गर्दा झुन्डमा रहेका हात्तीहरूको ज्यान बाँच्यो। आज बिहान अलीपुरद्वार जिल्लाको हाँसीमारा र मदारीहाट बीच इलाकामा जंगली हात्तीको एउटा झुन्ड अचानक रेलवे लाइनमा आयो। यसपछि डाउन धुबरी-सिलगढी डेमू एक्सप्रेसको लोको पायलटले जंगली हात्तीहरूको झुन्डलाई देखेपछि तत्कालै ट्रेनको गति कम गरे। यसले गर्दा जंगली हात्तीहरू दुर्घटना हुनबाट जोगियो। पछि हात्तीहरूको झुन्ड फेरि जंगलतर्फ लाग्यो।
Alipurduar, North Bengal, Uncategorized
लोको पायलटको सूझबूझले बाँच्यो हात्तीहरूको ज्यान
26
Aug
Aug