लोकसभा अध्यक्ष ओम बिरला खरसाङको मकैबारी क्षेत्रको भ्रमणमा

खरसाङ (निसं):  लोकसभा अध्यक्ष ओम बिरलाले आज खरसाङको मकैबारीको तल्लो क्षेत्रको भ्रमण गरे। तिनलाई यहाँको फूलबारी कोदोबारी क्षेत्रमा स्थानीय मानिसहरूले जातीय बाजा-गाजा सहित भव्य रूपमा स्वागत जनाए। त्यसपछि यहाँको मकैबारी जूनियर हाई स्कूलको प्राङ्गणमा तिनले स्थानीय मानिसहरूसँग कुराकानी गरे। यस अवधि अध्यक्ष बिरलाले गाउँवासीहरूको विविध समस्याबारे पनि जानकारी लिए। गाउँवासीले अध्यक्ष बिरलालाई सर्वप्रथम त हामी गोर्खाहरूलाई देशको कुनै पनि स्थानमा विदेशीको लाञ्छना लगाइन्छ, यो समस्याले भारतीय गोर्खाहरू वर्षौदेखि पीडित छन् भन्दै यो समस्याको स्थायी समाधान होस् भन्ने मांग गरे। त्यसबाहेक गाउँलेहरूले अध्यक्ष बिरलाद्वारा सोधिएको प्रश्नको उत्तर दिँदै चिया श्रमिकहरूको दैनिक हाजिरा कम्ती भएको अवगत गराउँदै न्यूनतम रोज लागू भए श्रमिकहरूको आर्थिक अवस्थामा सुधार आउने जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *