लकडाउनको समयमा नवीनले बनाउँदैछन् बाँसद्वारा विभिन्न आकर्षक सर-समानहरू

सोनादा : लकडाउनको समयलाई सदुपयोग गर्दै सोनादाको अप्पर पचेङ देवीस्थान निवासी नवीन प्रकाश मुखियाद्वारा बाँसको चौकी, टेबल लगायत अन्य आकर्षक सर-समानहरू बनाइरहेका छन्। तिनले लकडाउनको समयलाई प्रयोगमा ल्याएर धेरै प्रकारका बाँसका घरमा प्रयोग गरिने सर-समानहरू अति नै सुन्दर बनाएका छन्। तिनले घरेलु चाहिने तथा सजाइने प्रायः सबैजसो सर-समानहरू बाँसले बनाएका छन्।


यस विषयमा नवीन प्रकाश मुखियाले पत्रकारहरूसित कुराकानी गर्दै आफूले 22 वर्षको उमेरदेखि नै डोको बुन्ने गरेको अनि केही समय अघिदेखि बाँसको सर-समानहरू बनाउन थालेको बताए। तिनले हाल लकडाउनको समयमा बाँसबाट तयार गर्न सकिने सबै प्रकारका समानहरू बनाइरहेको बताए। यी समानहरू बनाउनको लागि विशेष गरेर आफ्नो परिवार पक्षले प्रेरणा दिएको बताउँदै यदि कसैले पनि बाँसका सर-समानहरू बनाउन सिक्न चाहन्छन् भने तिनीहरूलाई आफूले सहयोग गर्ने तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş