सिलगढी : कोरोना संक्रमणलाई रोकथाम गर्नको निम्ति सरकारद्वारा निर्देश गरेको कुराहरूलाई पालन नगरेर हाल पनि सिलगढीका कतिपय ठाउँहरूमा मानिसहरूले कोभिड 19-को संक्रमणलाई पर्वाह नगरी मास्क नलगाई मनपरी जताततै घुमिरहेको देख्न सकिन्छ। यसै कुरालाई ध्यानमा राखेर आज एसीपी ईष्ट सुभेन्दर कुमार र सिलगढी महकुमा शासक श्रीनिवास भेङ्कटराव पाटिलको उपस्थितिमा एवम् एनजेपी थानाका ओसी समीर तामाङको नेतृत्वमा एनजेपी इलाकामा आंशिक लकडाउनको उल्लङ्घन गर्नेहरूविरुद्ध अभियान चलाइयो।
उक्त अभियान अवधि लकडाउनको उल्लङ्घन गर्नरो साथै मास्क नलगाई हिँड्डुल गरिरहेको आरोपमा डिजास्टर म्यानेजम्यान एक्ट अनुसार 5 जनालाई पक्राउ गरेको छ। पुलिसद्वारा यस प्रकारको अभियान लगातार जारी रहने पुलिस सूत्रले जनाएको छ।