सिलगढी: भारतमा लकडाउनले गर्दा प्रदूषणमा धेरै कमी आएको छ। कोरोना भाइरसले गर्दा हाल देशको अधिकजसो ठाउँमा लकडाउन जारी छ। हाल सडकहरू सुनसान छ भने काम ठप्प बनेको छ। स्कूल, कलेज सबै बन्द अवस्थामा छ अनि मानिसहरू आ-आफ्नो घरमा लकडाउन खोल्ने पर्खाइमा रहेको देखिन्छ। तर यी सबैकुरा बीच राम्रो खबर के छ भने लकडाउनको कारण शहरहरूको प्रदूषणमा धेरै कमी आएको छ। भनिन्छ, सबै कुराको दुई वटा पक्ष अथवा दुई पाटो हुन्छ नकारात्मक र सकारात्मक। कोरोना भाइरसले गर्दा हाल संसारभरिमैं महामारी फैलिरहेकोले मानिसहरू धेरै आतङ्कित बनिरहेका छन्। एकातर्फ शहरमा कोरोना संक्रमितहरूको संख्या द्रुत गतिमा बढिरहेको छ भने यसको कारण मर्नेहरूको संख्यामा बढिरहेको देखिन्छ। यसैले कोरोना संक्रमणबाट मानिसहरूलाई बचाउनको लागि हाल राज्यमा लकडाउन गरिएको छ। कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई ध्यानमा राखेर केही सरकारी नियमहरू बनाइको छ भने ती नियम उल्लंघन गर्नेहरू विरूद्ध पुलिस प्रशासनले कार्वाही पनि गरिरहेको छ। शहर बजारहरू बन्द रहेकोले गर्दा सिटी अटो लगायत अन्य साना ठूला सबै वाहनहरू (अति आवश्यक वाहेक) को आवत-जावत् पनि ठप्प बनेको छ। यसैले गर्दा यसको केही राम्रो परिणाम पनि देख्न पाइरहेका छौ। विशेष गरेर हाल बजार-शहरहरू प्रदूषण मुक्त देखिँदैछ। पर्यावरणविद् अनिमेष बसुले बताए अनुसार, सिलगढीमा धेरै संख्यामा कल-कारखानाहरू छैन् तर यहाँ वायु प्रदूषणको मुख्य स्रोत वाहनहरूबाट निक्लिइने धुवाँ नै हो। शहरमा ट्राफिकलाई कन्ट्रोल गर्नको लागि पुलिस प्रशासनलाई धेरै हम्मे-हम्मे पर्दछ तर हाल वाहनहरूको चलाचल बन्द रहेकोले शुद्ध हावा लिन सकिन्छ। अर्कोतिर, अर्को पर्यावरणविद् दीपज्योति चक्रवर्तीले कोरोना प्रकृतिको लागि वरदान हो भनी बताएका छन्। वायु प्रदूषण कम हुनको साथै नदीमा माछाहरूको संख्या अधिक बढेको छ। यस वाहेक चारैतिर हरियाली देखिँदैछ, प्रकृतिमा परिवर्तन आएको छ। तिनले आम जनतासित शहर कोरोनामुक्त भएपछि पनि वाहनहरूको आवत-जावत कम गरिदिने अपिल गरेका छन्।