लुकसान बजारमा रक्षा बन्धनको रौनकतामा कमी

नगरकट्टाः भोली दिदी-भाईहरूको पवित्र तिहार रक्षा बन्धन हो तर यसपल्ट कोरोना संक्रमणको कारण रक्षा बन्धनको कुनै विशेष रौनक देखिएको छैन्। प्रत्येक वर्ष रक्षा बन्धनको अघिल्लो दिन बजारहरूमा मानिसहरूको भीड लाग्ने गर्थ्यो  तर यस वर्ष बजारमा मानिसहरूको संख्या शून्य छ। केही दोकानहरूमा राखी ब्रिकी गर्नको लागि राखिए तापनि बजारमा ग्राहक नै छैन। ठीक यस्तै स्थिति छ मिठाई दोकानहरूको पनि। रक्षा बन्धनको लागि मिठाई दोकानमा दोकानेहरूले धेरै प्रकारका मिठाई बनाएर राखेका छन् तर ग्राहक भने छैनन्। यसको प्रमुख कारण कोरोना भाइरस हो भनी बताउँछन् व्यापारीहरू। लुकसानमा कोरोना संक्रमित व्यक्तिको मृत्य भएपछि दुईजना व्यक्ति संक्रमित भएको हो-हल्ला फैलिपछि बजार घाट शून्य देखिन्छ। अर्कोतिर, रक्षा बन्धनको पावन अवसरमा यसपल्ट राज्य सरकारले ब्लक-ब्लकमा राखीको बद्ली मास्क वितरण गर्ने भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş