लुकसानमा युमा मागहिम मन्दिरको 11औँ स्थापना दिवस पालन

नगराकट्टा : लुकसानस्थित युमा मागहिम मन्दिरको 11औँ स्थापना दिवस आज धुमधामको साथ मनाइयो। उक्त कार्यक्रम लिम्बू सुब्बा विकास समितिकी तर्फबाट आयोजित गरिएको छ। मन्दिर स्थापना दिवस कार्यक्रममा डुवर्सका विभिन्न क्षेत्रलगायत सिक्किम र भुटानबाट लिम्बू सम्प्रदायका मानिसहरूले अंश ग्रहण गरेका छन्। स्मरण रहोस्, लिम्बू सुब्बा सम्प्रदायको उक्त मन्दिर पश्चिम बंगालमा केवल डुवर्सको लुकसानमा रहेको साथै उक्त मन्दिर 2009-मा स्थापित गरिएको हो। आज युमा मागहिम मन्दिरको 11औँ स्थापना दिवस बडो धुमधामले विविध कार्यक्रमको साथमा पालन गरिरहेको आयोजक समिति एवम् लिम्बू सुब्बा समितिका अध्यक्ष जेठा सुब्बाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom