माँ भवानी मञ्जु शक्ति सेवा ट्रस्टको पहलमा रक्तदान शिविरको आयोजना गरिने

सिलगढी : माँ भवानी मञ्जु शक्ति सेवा ट्रस्टको पहल एवम् लायन्स क्लब अफ् सिलगढी युनिभर्सल, सिलगढी लायन्स तराई ब्लड ब्याङ्कको संयुक्त सहयोगमा आगामी 10 अप्रेल बाबुपाडामा ट्रस्टको निजी भवनमा रक्तदान शिविरको आयोजना गरिने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरेर माँ भवानी मञ्जु शक्ति सेवा ट्रस्टका सदस्यहरूले यसबारे जानकारी दिएका छन्।  माँ भवानी मञ्जु शक्ति सेवा ट्रस्टका अध्यक्ष मदन लाल जैनले बताएअनुसार रगतको संकट दूर गर्ने उद्देश्य लिएर प्रत्येक वर्ष ट्रस्टको तर्फबाट रक्तदान शिविरको आयोजना गर्दै आइरहे तापनि कोरोना महामारीले गर्दा गत दुई वर्ष शिविरको आयोजना गर्न सकिएन। यस वर्ष रक्तदान रक्तदान शिविरको आयोजना गर्ने साथै शिविरमा मोठ एक सय-दुई सय युनिट रगत संग्रह गरिने कुरामा आशावादी रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *