दार्जिलिङ: भोलि 2 फरवरीदेखि माध्यमिक परिक्षा शुरू हुने भएको छ। माध्यमिक परिक्षा दिने परिक्षार्थीहरूलाई हाम्रो पार्टीले अग्रिम बधाई तथा शुभकामना दिएको छ। भोलि शुक्रबारदेखि माध्यमिक परिक्षा शुरू हुने गइरहेकोले गर्दा हाम्रो पार्टीका वरिष्ठ कार्यकर्ता एवम् नगरपार्षद गोपाल परियारले पार्टीको पक्षबाट माध्यमिक परीक्षा दिने परिक्षार्थीहरूलाई अग्रिम बधाई तथा शुभकामना दिएका छन्। राज्यका अन्य क्षेत्रहरू लगायत पहाड, तराई, डुवर्स आदि क्षेत्रका परिक्षार्थीहरूले पनि भोलिदेखि माध्यमिक परीक्षा दिनेछन्। यी सबै विद्यार्थीहरूलाई हाम्रो पार्टीको पक्षबाट गोपाल परियारले अग्रिम बधाई र शुभकामना दिएका हुन्।