माध्यमिक परीक्षा शुरू : मिरिकमा परीक्षार्थीहरूको संख्या 461  

मिरिक (निसं): पश्चिम बंगाल माध्यमिक बोर्ड परीक्षा आजदेखि शुरु भएको छ।  मिरिकमा यस वर्ष मोठ माध्यमिक परीक्षार्थीहरूको संख्या 461 जना रहेको छ। ती विद्यार्थीहरूका लागि मिरिकमा तीन वटा परीक्षा केन्द्र रहेको छ। फुवागढी उच्चत्तर माध्यमिक विद्यालयलाई परीक्षाको प्रमुख केन्द्र स्थापित गरिएको छ भने यसको अतिरिक्त मिरिक उच्चत्तर माध्यमिक विद्यालय र डनबस्को स्कूल परीक्षा केन्द्र रहेको छ।


मिरिकमा रहेको तीनवटा परीक्षा केन्द्रहरुमा मिरिक उच्चत्तर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सौरेनी रवीन्द्रनाथ उच्चत्तर माध्यमिक विद्यालय र थर्बु उच्चत्तर माध्यमिक विद्यालयका 152 जना परीक्षार्थीहरुले आजदेखि परीक्षा लेख्दैछन् भने डनबस्को स्कूलमा फुवागढी उच्चत्तर माध्यमिक विद्यालय, मरमा प्रेमसुन्दर उच्च माध्यमिक विद्यालय र मिरिक उच्चत्तर माध्यमिक विद्यालयका 164 जना परीक्षार्थीहरुले परीक्षा लेख्दैछन्। यसैगरी, फुवागढी उच्चत्तर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पुटुङ उच्चत्तर माध्यमिक विद्यालय र डनबस्को स्कूलका 145 जना परीक्षार्थीहरुले आजदेखि परीक्षा दिइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin giriş