माध्यमिक परीक्षा आजदेखि शुरु, कठोर सुरक्षा व्यवस्था

सिलगढी, 10 फरवरी (निसं): आज सोमबारदेखि माध्यमिक परीक्षा शुरु भएको छ। यस वर्ष राज्यभरिमा माध्यमिक परीक्षा दिने परीक्षार्थीहरूको संख्या 9 लाख 84 हजार 753 जना छन्। यसपल्ट दार्जिलिङ र कालेबुङ जिल्ला गरेर मोठ माध्यमिक परीक्षार्थीहरूको संख्या मात्र लगभग 7 हजार रहेको छ। माध्यमिक परीक्षा शान्तिपूर्ण साथै कुनै अप्रिय घटना बिना सम्पन्न होस् भन्ने उद्देश्य लिएर प्रशासनले कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ।
माध्यमिक शिक्षा परिषदका दार्जिलिङ जिल्ला समतलका संयोजक सुप्रकाश रायले बताए अनुसार, यस वर्ष परीक्षा केन्द्रमा अतिरिक्त सुविधाहरूको व्यवस्था गरिएको छ। यसको साथै कठोर निगरानी राखिएको छ। उनले अझ भने, सिलगढीमा कुनै संवेदनशील परीक्षा केन्द्र छैन, तर सबै परीक्षा केन्द्र बोर्डको कडा निगरानीमा रहनेछन्। सिलगढी पुलिस कमिश्नरेटले परीक्षा केन्द्रहरूमा कठोर पुलिस सुरक्षा व्यवस्था साथै ड्रोनको निगरानीको व्यवस्था पनि गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *